Welcome to Sarbodaya Secondary School
single
श्री सम्पदा स्कूल , ललितपुरबाट यस श्री सर्वोदय मा.वि. मा शैक्षिक अवलोकन भ्रमण

श्री सम्पदा स्कूल , ललितपुरबाट यस श्री सर्वोदय मा.वि. मा शैक्षिक अवलोकन भ्रमणका लागि पाल्नु भएका शिक्षक तथा विद्यार्थीहरु र सर्वोदय मा. वि. का शिक्षक तथा विद्यार्थीहरूका बिच आज मिति २०८१ मंसिर ०७ गतेका दिन सिकाइ अनुभव आदानप्रदान, खेलकुद, सामग्री वितरण/ हस्तान्तरण (सम्पदा स्कुलको तर्फबाट सर्वोदय मा.वि. का कक्षा ५ र ६ का विद्यार्थीका लागि जाडोको पोसाक र १ देखि ४ का लागि स्टेसनरी सामग्री ) र विविध सांस्कृतिक कार्यक्रम गरी सम्पन्न गरियो । विगतका वर्षदेखि नै हाम्रो विद्यालयमा आई विभिन्न कुरामा पुर्याउदै आउनु भएको यस खालको सहयोगका लागि विद्यालय परिवार श्री सम्पदा स्कूल ,ललितपुरका शिक्षक, विद्यार्थी भाइबहिनीहरू र सिङ्गो विद्यालयप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं । साथै विद्यालयको उत्तरोत्तर प्रगतिको पनि शुभकामना व्यक्त गर्दछौँ ।