Welcome to Sarbodaya Secondary School
single
हर्क, बुद्धि, आशा श्रेष्ठ हाजिरजवाफ प्रतियोगिता

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि सर्वोदय मा.वि. मा अध्ययनरत विद्यार्थीहरुका लागि हर्क, बुद्धि, आशा श्रेष्ठ हाजिरजवाफ प्रतियोगिता अन्तर्गत प्रा.वि., नि. मा. वि. र मा.वि. तीनै तहको पहिलो चरणको हाजिरजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न गरियो । बाकी चरण असोज र कार्तिक महिनामा क्रमशः गर्दै गइनेछ । यस कार्यक्रमका प्रायोजक यसै विद्यालयका उपज (जसले वि.सं. २०३१ सालमा यस विद्यालयबाट SLC प्रथम श्रेणीमा उत्तीर्ण गर्नुभएको थियो) नेपाल सरकारका पूर्व सचिव तथा प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशका पूर्व अध्यक्ष श्री सुरेशमान श्रेष्ठ हुनुहुन्छ । विद्यालय परिवार श्री सुरेशमान श्रेष्ठ र उहाँका परिवार जनप्रति हार्दिक आभार प्रकट गर्दछौं । साथै सदैव यहाँको यस्तै साथ, सहयोग र सल्लाह सुझावको अपेक्षा गर्दछौं ।