नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज– २०८२ को पावन अवसरमा आज मिति २०८२/०४/३० गतेका दिन जिभाय नेपाल, गण्डकी प्रदेश, पोखराको आयोजना तथा श्री सर्वोदय मा.वि. को संयोजनमा साविक दुराडाडा मौजा ६ गा. वि.स. भित्रका विद्यालयका विद्यार्थीहरुका बिच आधारभूत तह (कक्षा १–५) स्तरीय तिज गीत प्रतियोगिता सम्पन भयो । जिवाय नेपाल, गण्डकी प्रदेश, पोखराका कार्यक्रम अधिकृत सुदीप ढुंगेलको अध्यक्षता तथा सु.न.पा. नगर प्रमुख श्री कृष्णप्रसाद कोइरालाज्यूको प्रमुख आतिथ्यता र नगर उपप्रमुख श्री भवानी के. सी. ज्यूको विशिस्ट आतिथ्यतामा संचालित कार्यक्रममा सु.न.पा. वडा ३ र १०का जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिती, विभिन्न विद्यालयका प्र.अ. तथा शिक्षक प्रतिनिधि , संघ सस्थाका प्रमुख लगायतका व्यक्तित्वहरु, सर्वोदय मा.वि. का शिक्षक, विद्यार्थी तथा अन्य विद्यालयका प्रतियोगी विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका शिक्षक पशुपति नेउपानेले सहजीकरण गर्नुभएको थियो भने निर्णायक मण्डलको संयोजन विद्यालयका पूर्व प्र. अ. बासुदेब खनियाले गर्नुभएको थियो । यस्तै स्वागत मन्तव्य वि.व्य.स. का अध्यक्ष नारायण के.सी.ले दिनुभएको थियो भने विद्यालयका प्र.अ. ले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा सर्वोदय मा. वि. का केही विद्यार्थीहरुको।सुन्दर नृत्यसहित को प्रस्तुति रहेको थियो । मुख स्वास्थ्य कार्यक्रमसग सम्बन्धित विषयमा संचालित अन्तर आधारभूत तह स्तरीय तिज गीत प्रतियोगितामा विभिन्न स्थान हासिल गर्न सफल विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई छ । उपस्थित व्यक्तित्वहरु र सहभागी विद्यालयहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।आजको कार्यक्रमका लागि हाम्रो विद्यालयलाई संयोजनको जिम्मेवारी प्रदान गर्ने जिभाय नेपालप्रति विद्यालय परिवार आभार प्रकट गर्दछौं । नतिजा : प्रथम स्थान : सौभाग्य सदन मा. वि. द्वितीय स्थान : सर्वोदय मा.वि. तृतीय स्थान : संस्कृति सदन मा.वि. सान्त्वना स्थान: देवी सदन प्रा. वि. ।