Welcome to Sarbodaya Secondary School
single
साविक दुराडाँडाका विद्यालयका प्र. अ. हरुको बैठक

आज मिति २०८२/०५/१८ गते बुधबारका दिन सर्वोदय मा. वि. को संयोजनमा विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि, विद्यार्थी प्रतिभा पहिचान, परीक्षामा एकरुपता लगायत विविध विषयमा छलफल तथा निर्णयार्थ साविक दुराडाँडाका विद्यालयका प्र. अ. हरुको बैठक सर्वोदय मा.वि. मा सम्पन्न भयो । बैठकमा विद्यार्थीहरुको सिकाइ स्तर वृद्धिका लागि विद्यालयहरुमा अवलम्बन गरिएका असल अभ्यासबारे अनुभव आदानप्रदान, विद्यार्थी प्रतिभा पहिचान सम्बन्धि हालसम्म विभिन्न विद्यालयहरुमा गरिएका कार्यक्रमहरुको समीक्षाका साथै यस वर्षका लागि कार्यक्रमको जिम्मेवारी बाडफाट, विद्यार्थीहरुको लेखन सिप, खेल सीप विकासका साथै परीक्षामा एकरुपता कायम गर्न विभिन्न विद्यालयहरुले विभिन्न कक्षाका अनिवार्य विषयहरुको प्रश्नपत्र निर्माण गर्न जिम्मेवारी प्रदान लगायतका विषयमा निर्णय गरियो । बैठकमा उपस्थित भई महत्त्वपूर्ण विचार राख्नुहुने/ सुझाव दिनुहुने सम्पूर्ण प्र. अ. ज्यूहरुप्रति सर्वोदय मा.वि. परिवार हार्दिक आभार प्रकट गर्दछौं ।